शिक्षा सबैका लागि, पहिलो देश अनि विदेश भन्ने नाराका साथ विद्यार्थीलाई सुरक्षित शैक्षिक गन्तव्य मार्गनिर्देश गर्दै आएको शैक्षिक परामर्श केन्द्रको नाम हो, ब्रिलियन्ट एजुकेसन एण्ड करिअर सर्भिस । यो संस्था नेपालकै अग्रणी शैक्षिक परामर्श केन्द्रका रुपमा रहेको छ ।
२०६२ सालमा स्थापना भएको यो कन्सल्टेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, क्यानडा, न्यूजील्याण्ड, युरोपेली मुलुकमा युके, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, आयरल्याण्ड, फ्रान्सलगायतमा अध्ययनका लागि जाने गरेका छन् । करिब २ दशकको यात्रामा हजाराैं विद्यार्थी ३ सय बढि शैक्षिक संस्थामा विदेश अध्ययनका लागि ब्रिलियन्टलाई शैक्षिक माध्यम बनाएर गन्तव्य तय गरेका छन् ।
काठमाडौंको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको ब्रिलियन्टको चितवन, हेटौंडा, सुर्खेत, धरान, इटहरी, सैनामैना, झापा, बुटवलमा शाखा रहेका स्थानबाट समेत शैक्षिक सेवा प्रदान गर्दे आएको छ । विदेश अध्ययन गर्न जानका लागि सम्पूर्ण तयारी गराई दिने विश्वासिलो आधार स्तम्भका रुपमा यो कन्सल्टेन्सीले पृथक पहिचान बनाएको छ ।
ब्रिलियन्टले विद्यार्थीमा विश्वबजारमा स्थापित हुने आधार तय गर्दै अन्तर्राष्ट्रिय प्रणालीको शिक्षामा जोड दिएर विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने गरेको छ ।
ब्रिलियन्टका प्रबन्ध निर्देशक राजेन्द्र बरालका अनुसार विश्वविद्यालय/कलेज अध्ययनका लागि प्रवेश गर्ने बाटो मात्र नभएर अध्ययन गर्न आवश्यक पर्ने पूर्व तयारी कक्षाहरु आईएलटिएस, टोफेल र जापानी भाषाका कक्षाहरु सञ्चालन गर्दै विद्यार्थीलाई दक्ष बनाएर ब्रिलियन्ट शैक्षिक उडान गराउन सफल हुँदै आएको छ । नेपालबाट विदेश पढ्न जानका लागि सम्पूर्ण प्रक्रिया, विश्वविद्यालय /कलेज छनौट, भर्ना प्रक्रिया, भिसा प्रोसेस, आर्थिक पक्ष लगायतबारे सम्पुर्ण डकुमेन्टसन ब्रिलियन्टले विस्तृत रुपमा गराउन सहजिकरण गर्दै आएको छ । विदेश अध्ययनका लागि सैद्धान्तिक, व्यवहारिक र वैज्ञानिक पाटोलाई अवलम्बन गर्दै विदेशमा शिक्षा लिन जाने विद्यार्थीलाई यो कन्सलटेन्सीले आत्मविश्वास वृद्धि गर्दै जीवनोपयोगी शिक्षाका लागि प्रोत्साहन समेत गर्दै आएको छ ।

यो कन्सलटेन्सीले विदेश अध्ययनका लागि मार्गनिर्देश मात्र नभई विदेश अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण श्रोत सामग्री समेत आफ्ना विद्यार्थीलाई मद्दत गर्दै आएको छ । ब्रिलियन्टले विद्यार्थीमा विश्वबजारमा स्थापित हुने आधार तय गर्दै अन्तर्राष्ट्रिय प्रणालीको शिक्षामा जोड दिएर विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने गरेको छ । शैक्षिक परामर्शदाताद्धारा विदेश अध्ययनका लागि स्पष्ट र आवश्यक परामर्श दिने पद्दतिले नै यो कन्सलटेन्सी विद्यार्थीको रोजाईमा पर्दै आएको छ । विदेश अध्ययनका लागि हरेक समस्याको समाधानको बाटो पहिल्याउन मद्दत गर्दै आएकाले नै ब्रिलियन्ट विद्यार्थीको छनौटमा पर्दै आएको छ । इक्यानको आजीवन सदस्य तथा आईसीईएफको सदस्य रहेको ब्रिलियन्ट नेपाल सरकार तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त शैक्षिक परामर्श केन्द हो । त्यसकारण पनि ब्रिलियन्ट एक जिम्मेवार शैक्षिक परामर्श केन्द्रका रुपमा आफ्ना कार्यक्रम सञ्चालन गर्ने विश्वासीलो संस्थाको रुपमा स्थापित छ ।

नेपालबाट विदेश मात्र नभएर विदेशका विद्यार्थीसमेत नेपाल ल्याउन सकिन्छ भन्ने धारणा समेत ब्रिलियन्टले जोड दिँदै आएको छ ।
ब्रिलियन्टले ग्रयाजुएट र अन्डर ग्रयाजुएटका कोर्षहरु म्यानेजमेन्ट, साइन्स, इन्जिनियरिंग, बैकिंग फाइन्यान्स, आईटी, एनिमेशन, मल्टिमिटिया, गेमिंग, हस्पिट्यालिटि, एभिएशन, टुरिजम, मेडिसिन, हेल्थ क्यर, ल लगायतका विषय अध्ययन गर्न विद्यार्थी जाने गरेका छन् । नेपालबाट विदेश मात्र नभएर विदेशका विद्यार्थीसमेत नेपाल ल्याउन सकिन्छ भन्ने धारणा समेत ब्रिलियन्टले जोड दिँदै आएको छ । त्यसैले त ब्रिलियन्ट ब्रेनड्रेन मात्र हैन ब्रेन गेन समेत गर्नुपर्छ भन्ने लक्ष्यका साथ अगाडि बढेको छ । विदेश अध्ययनका लागि लामो समयको अनुभव बोकेको ब्रिलियन्टमा अनुभवी परामर्श दाता , अब्बल भाषा प्रशिक्षक, विश्वविद्यालय भर्ना, फाइन्यान्सिल काउन्सिलिङ्ग, करिअर काउन्सिलिङ्ग लगायत सम्पुर्ण जानकारी दिने गरेको छ । विद्यार्थी अध्ययन गर्न जाने देशका बारेमा अभिभावक समेत उत्तिकै जिम्मेवार भएर बुझ्नुपर्ने ब्रिलियन्टको सुझाव छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई रिसर्च वेसका अध्ययन गर्न प्रेरित गरेकाले नै ब्रिलियन्ट उपयुक्त शैक्षिक शेतुका रुपमा पृथक पहिचान बनाउन सफल छ ।































प्रतिक्रिया