मुम्वइ इण्डियन्स जारी इण्डियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । सनराइजर्स हैदरावादलाई रोमाञ्चक सुपर ओभरमा परािजत गर्दै मुम्वइले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
गएराती मुम्वइको घरेलु मैदान वाङखडेमा भएको खेलमा पहिला ब्याटिङ गर्दै मुम्वइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६२ रनको मध्यम स्कोर खडा गर्यो ।
मुम्वइको पारीमा विकेटकिपर क्विटन डी ककले सर्वाधिक ६९ रज बनाएका थिए । ५८ बलको सामना गर्दै उनले २ छक्का र ६ चौका प्रहार गरेका थिए ।
यस्तै, कप्तान रोहित शर्माले २४ तथा सूर्यकुमार यादवले २३ रनको योगदान गरे । जवाफमा हैदरावादले पनि निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ६२ रन नै बनायो ।
त्यसपछिको सुपर ओभरमा हैदरावादले दुइ विकेटको क्षतिमा ८ रनमात्र जोड्न सक्दा मुम्वइले त्यसलाइ सहजै पुरा गर्यो । सुपर ओभरमा जसप्रित बुमराहले हैदरावादको दुइ विकेट चट्काएका थिए ।
जितसंगै पूर्व च्याम्पियन मुम्वइ, चेन्नाइ र दिल्लीसंगै प्लेअफमा प्रवेश गरेको छ । प्लेअफको चौथो टोलीको टुङ्गोे लाग्न बाँकी छ ।





























प्रतिक्रिया