बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएको छ । उक्त स्थानमा हावाको गति प्रतिघण्टा १७५ किलोमिटर रहेको बताइएको छ।
त्यहाँबाट झण्डै ११ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ । यो तूफान अब खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक र बालेश्वर जिल्लाको बाटो हुँदै पश्चिम बंगाल तर्फ बढ्नेछ । मौसम विभागका अनुसार तटमा सम्पर्क भएपछि आँधिको तीव्रतामा कमी आउने छ ।
यो तूफानका कारण ओडिसामा वर्षा सुरु भएको छ । उद्धारकर्मीहरुलाई हाइअलर्टमा राखिएको छ । चक्रवातको असरलाई मध्यनजर गर्दै बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ।































प्रतिक्रिया