आज शुक्रबार अर्थात बैशाख २० गते चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । चलचित्र ‘दाल भात तरकारी’ वर्ष २०७६ को पहिलो कमेडी चलचित्र हो । यो चलचित्रले नेपाली सिनेमा हलमा सोलो प्रदर्शन गरेको छ ।
मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ यो वर्षकै बहुप्रतिक्षित चलचित्रमा पर्दछ । मल्टिस्टार चलचित्रमा आँचल शर्मा, पुष्प खड्का, हरिवंश आचार्य, निरुता सिंह, मदनकृष्ण श्रेष्ठ, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरि पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
किरण केसीले निर्माण गरेको यस चलचित्रलाई उनकै छोरा सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रलाई हरिवंश आचार्यले लेखेका हुन् ।
चलचित्र ‘दाल भात तरकारी’ मा निरुता सिंह र हरिवंश आचार्यले एउटै स्क्रिन शेयर गरेका छन् । लामो समयपछि निरुताले यहि चलचित्र मार्फत पुन ः नेपाली सिने क्षेत्रमा कमब्याक गरेकी हुन् ।
साथै यस चलचित्रमा ‘विदेश मोह’ लाई कमेडी तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रमा समावेश ‘भिजिट भिसामा’ बोलको गीत चलचित्र प्रदर्शन हुनु पूर्व नै निकै लोकप्रिय भईसकेको छ ।































प्रतिक्रिया