नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले सिन्धुलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कारितास नेपालको आयोजनामा सिन्धुलीको महेन्द्र झ्याडी प्राथमिक स्वास्थ्य केन्द्र हरिहरपुर गडीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ९६३ बिरामी लाभान्वित भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा आएका बिरामीमध्ये १०३ जनाको ईसीजी, १४७ जनाको ल्याब परीक्षण गरिएको थियो भने १२१ जनाको भिडियो एक्सरे गरिएको थियो । साथै ३५ जनाको दाँत खोलिएको र ४३ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

केएमसीका सञ्चालकसमेत रहेका सांसद शर्मा पछिल्लो समयमा देशभरका विकट गाउँ-गाउँमा पुगेर नि:शुल्क स्वास्थ्य शिवर चलाइरहेका छन् । सुदूर पूर्वदेखि सुदूर पश्चिमका विकट स्थानमा आफैं पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौँ गरिब, असहाय/अशक्त नेपालीलाई निःशुल्क उपचार गरिरहेका छन्। शिविर सञ्चालन मात्र हाेइन, दीर्घकालिन बिरामीलाई उनले केएमसी अस्तालमै ल्याएर निःशुल्क उपचारसमेत गरिरहेका छन्।































प्रतिक्रिया