आज विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि काठमाडौं सहित जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

मे ३ लाई विश्वभर प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय दिनका रुपमा लिइन्छ । नेपालमा यो दिवस मनाउन थालेको २१ बर्ष भयो । प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी लगायतका अन्य कार्यक्रम आयोजना गरिंदै आइएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अगुवाईमा मनाउँदै आइएको यस दिवसको उद्देश्य नेपालमा प्रेस स्वतन्त्रको पूर्ण प्रत्याभूति होस भन्ने हो । तर पछिल्ला केहि वर्ष यता राज्य स्तरबाटै प्रेस स्वतन्त्रताको उल्लंघन गरिने घटनाहरु बढिरहेका छन् । यसले दिवस मनाउनुको औचित्यता माथी प्रश्न उठाएको छ ।

नेपालमा संविधानमै प्रेस स्वतन्त्रताका पदावलीहरु लिपिवद्ध भए पनि पत्रकारहरुले भने त्यसको पूर्ण अनुभूति गर्न सकेका छैनन् । विश्वभर बार्षिक सरदर दुईसय पत्रकारहरु थुनामै रहेका हुन्छन् । नेपालमा पनि समाचार लेखेकै कारण पत्रकारहरु हत्या, धम्की, आक्रमण तथा अपहरणको सिकार भएका छन् । नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालमा द्वन्द्वकालमा सरकार र तत्कालिन नेकपा माओवादीबाट ३३ जना पत्रकार मारिए । अन्य ३ जना अझै बेपत्ता छन् । प्रेस स्वतन्त्रताको जस्तै चर्को आवाज उठे पनि संचारगृहहरु माथि निरन्तर भौतिक आक्रमण भएका छन् । समाचारमा श्रोतको सुरक्षा प्रत्याभूति भएको छैन । यसरी संविधान र कानुनहरुमा प्रेस स्वतन्त्रताको सम्बोधन भएको छ भने व्यवहारमा त्यो स्वतन्त्रता अझै भने जस्तो गरी अनुभूत छैन ।

विश्व इतिहास यस्तो

२९ अप्रिलदेखि ३ मे, १९९१ मा नामिवियाको विन्डहकमा आयोजित युनेस्कोको साधारणसभामा अफ्रिकन छापा संचार मार्फत विश्वभर प्रेस स्वतन्त्रताका लागि आवाज उठाइएको थियो । युनेस्कोको उक्त साधारणसभाले विन्डहक घोषणापत्र जारी गरी प्रेस स्वतन्त्रतालाई प्रजातन्त्र र आधारभुत मानव अधिकारको कसिका रुपमा स्विकार गर्यो । युनेस्कोको त्यो धारणालाई सन् १९९३ को डिसेम्बर २० मा राष्ट्रसंघको महासभाले स्वीकृत गर्यो । विन्डहक घोषणापत्र जारी भएको दिनलाई औपचारिक रुपमै संयुक्त राष्ट्रसंघको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने घोषणा गर्यो ।

Skip This
Skip This
Logo