विराटनगर
संघीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३/७४ सम्ममा ५८ करोड ८३ लाख ६३ हजार ७०६ वेरुजु रहेको पाइएको छ ।
खानेपानी मन्त्रालय काठमाडौ र संघीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा विराटनगरमा आयोजित प्रदेश स्तरीय सुशासन प्रवद्र्धन तथा वेरुजु व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठीका अवसरमा सो जानकारी दिइयो ।
उक्त मन्त्रालय अन्तर्गतका मुलुकभरी कार्यालयहरुमा १० अर्व भन्दा वढी वेरुजु रहेकोमा सहभागीहरु चिन्तित रहेका छन् । प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेले कर्मचारी स्थायी सरकार भएकाले वेरुजु फर्छ्यौट गरी सुशासन कायम गरेमा सही अर्थमा सङ्घीयता कार्यान्वयन भई मुलुकमा समृद्ध कायम हुने वताउनु भयो ।
प्रदेश १ का कोष नियन्त्रक कृष्णप्रसाद पोखरेल , संघीय खानेपानी तथा ढल व्यवस्थान आयोजना प्रमुख चक्रमाणी शर्मा, उपसचिव विष्णुप्रसाद ज्ञवाली भएको वेरुजु फछ्र्यौैट गर्न र सुशासन प्रवद्र्धन गर्न कर्मचारीहरुले सचेत भई कार्य गर्नुपर्ने जोड दिनु भयो ।
प्रदेश नं १ अन्तर्गतका १४ जिल्लामा खानेपानी मन्त्रालय अन्तर्गतका कार्यालयमा आर्थिक वर्ष २०७३ः७४ सम्ममा २९ करोड ९९ लाख ८२ हजार १८६ वेरुजु रहेको छ भने फिक्कल नगर आयोजना र साना शहरी इटहरी कार्यालयको १३ करोड ३१ लाख ९६ हजार १५६ गरी जम्मा जम्मा ४३ करोड ११ लाख ७८ हजार ३४२ वेरुजु रहेको उपलव्ध तथ्यङ्कमा जनाइएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया