काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदै छन्। आज समूह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच भइरहेको छ।
ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू भएको छ।
जारी विश्वकपमा अफगानिस्तानलेलगातर दुई खेल जितेर ४ अंकसहित समूह सी मा दोस्रो स्थानमा रहेको छ। अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ। त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ।
समूह सी मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ। त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ।
त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुँदै छ। फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि हुँदै छ।
समूह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ। अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्ने छ। त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ।































प्रतिक्रिया