नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको मृत्यु भएको पुष्टि भएको जानकारी गराएको हो । २१ वर्षीय एक युवकको बर्ड फ्लूको संक्रमणबाट मृत्यृ भएको पुष्टि भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले जानकारी दिईन् ।
एच5एन1 एक प्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो । यसले चराचुरुंगीमा श्वासप्रश्वासको समस्या गराउँछ । एच5एन1 ले मानिसमा कहिले काहीं मात्र संक्रमण गर्छ । तर यो मानिसबाट मानिसमा सरिहाल्दैन । जब यसले मानिसहरुमा संक्रमण गर्छ तब मानिसको मृत्युदर लगभग ६० प्रतिशत हुन्छ । एच5एन1 को लगभग सबै संक्रमण प्रत्यक्ष संक्रमित वा मृत पक्षीहरु वा एच5एन1 प्रदुषित वातावरणसँग सम्बन्धित हुन्छ । यसले मानिसलाई सजिलै संक्रमित गर्दैन ।
यो मानिसबाट मानिसमा सामान्य तया सर्दैन । राम्रो तरिकाले तयार र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो रोग फैलिन सक्ने कुनै पनि प्रमाण छैन । चराचुरुंगीमा संक्रमण गर्ने भाइरसले मानिसलाई संक्रमित गरेमा यसले गम्भीर समस्या हुने र अंग प्रत्यंगले काम गर्न नसक्ने हुन्छ । यसले मृत्युको मुखमा समेत र्पुयाउँछ । मानिसमा यसको संक्रमण भएमा मृत्युदर उच्च छ । त्यस्तै कुनै पनि भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्नसक्ने क्षमता राख्छन् ।
त्यसैले यदि एच५एन१ सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्नसक्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ । त्यसैले यसबारे धेरै चिन्ता हुने गरेको हो । अत्यधिक रोगजनक विषाणु कुखुराको बथानमा तेजीले फैलन्छ । कम रोगजनक विषाणु कम घातक हुन्छ । यसले प्रायःजसो कुखुरामा फूल उत्पादनमा प्रभावित पार्छ ।
एवियन इन्फ्लुएन्जा धेरैजसो संक्रमित तथा स्वास्थ्य पक्षीहरुको सम्पर्कद्वारा फैलिन्छ । यो रोग संक्रमण दुषित उपकरणको माध्यमबाट अप्रत्यक्ष र प्रत्यक्ष रुपबाट फैलन्छ । यो विषाणु संक्रमित पक्षीको नाँक, मुख, आँखाबाट बग्ने श्रावमा पाइन्छ । मानिसमा अत्यधिक रोगजनक विषाणु रोग संक्रमित पक्षीसँग सिधा सम्पर्कबाट फैलन्छ । मानिसबाट मानिसमा संक्रमण निष्प्रभावी हुन्छ ।
एचएसएनआई विषाणुबाट मानिसमा फ्लु जस्तो लक्षण देखिन्छ । जस्तो उच्च ज्वरो आउनु, खोकीलाग्नु, घाँटी दुख्नु,मांसपेसीहरु दुख्नु, सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने समेत हुन सक्छ र संक्रमण छिट्टै फैलिएर श्वास फेर्न गाह्रो हुनु, तीब्र रुपमा श्वाप्रश्वासमा कठिनाइ देखापर्नु, निमोनियाहुनु, दमहुनु आदि ।
स्वच्छतामा पूर्ण ध्यानदिने, पाल्तु या जंगलीपक्षीलाई सम्पर्कमा आउनबाट बचाउने, खानपानतथा भाँडाकुँडाको सर सफाइमा ध्यान दिनाले एभियन इन्फ्लुएन्जा रोगको जोखिम कम गर्न सकिन्छ । कुखुरा फार्ममा अलइनअल आउट प्रक्रियाबाट पालन अनिवार्य तथा उपयोगी हुन्छ ।





























प्रतिक्रिया