काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ।
विहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असक्त तथा जेष्ठ नागरिकलगायत समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फाराममै मिति र समयबाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यालयमा आउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ।





























प्रतिक्रिया