काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोश्रो सफलता मिलेको छ।
नेपालका कुशल भुर्तेलले दक्षिण अफ्रिकाका कप्तान एडेन मार्कमको विकेट लिएका हुन्।
मार्कम २२ बलमा १५ रन जोडेर खेलिरहेका थिए।
यस अगाडि दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई १० रनमा क्याच आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
दक्षिण अफ्रिका यतिबेला १२ ओभरमा २ विकेट गुमाउँदै ६९ रनमा खेलिरहेको छ।





























प्रतिक्रिया