भुर्तेललाई पनि तेस्रो सफलता, दक्षिण अफ्रिकाको छैटौँ विकेट पतन

भुर्तेललाई पनि तेस्रो सफलता, दक्षिण अफ्रिकाको छैटौँ विकेट पतन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालविरूद्ध खेलिरहेको दक्षिण अफ्रिकाको छैटौँ विकेट गुमेको छ।

नेपालका लागि कुशल भुर्तेलले दक्षिण अफ्रिकाका मार्को जेन्सेनको विकेट लिएका हुन्।

यस अगाडि दीपेन्द्रसिंह ऐरीले चौथो ओभरमा दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई १० रनमा क्याच आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

त्यसपछि कुशल भुर्तेलले दक्षिण अफ्रिकाका कप्तान र हेनिरिच क्लासेनको विकेट दोश्रो र तेश्रो सफलता दिलाएका थिए।

त्यस्तै, दीपेन्द्रले नै चौथो विकेटका रुपमा दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सको विकेट लिएका थिएभने पाँचौ विकेटका लागि डेभिड मिलरको विकेट लिएका थिए।

दक्षिण अफ्रिका यतिबेला १९.५ ओभरमा ६ विकेट गुमाउँदै ११५ रनमा खेलिरहेको छ।

Skip This
Skip This
Logo