काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालले छेटौ विकेट गुमाएको छ।
नेपालका लागि कुशल मल्ल १ रन जोड्दै पवेलियन फर्के।
ताजा अवस्थामा नेपाल १८.२ ओभरमा ६ विकेट गुमाउँदै १०० रनमा रहेको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य नेपाललाई दिएको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान रोहित पौडेल २ बलमा शून्य रन जोड्दै दोश्रो विकेटका रुपमा पभेलियन फर्के।
तेश्रो विकेटका रूपमा नेपालले अनिल शाहलाई २७ रनमा गुमाएको छ। यस्तै, चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ६ रन जोड्दै आउट भए। पाँचौ विकेटका लागि ओपनर आशिफ शेख ४२ रन जोड्दै आउट भए।































प्रतिक्रिया