धादिङमा माइक्रोबस, मोटरसाइकल र ट्रक जुध्दा २ जनाको मृत्यु

धादिङमा माइक्रोबस, मोटरसाइकल र ट्रक जुध्दा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङ । धादिङमा मिनि बस, ट्रक र मोटरसाईकल एकआपसमा जुध्दा २ जनाको मृत्यु भएको छ । पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं. ४ बेल्खु खोलामा तिनै सवारी एकआपसमा जुध्दा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

चितवनबाट काठमाडौं जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकलले ना ६ ख ५६ १४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट चितवन जाँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रोबससँग ठोक्किन पुगेको थियो ।

माइक्रोबससँग ठोक्किएर सडकमा पल्टिएको मोटरसाइकलमा सवार यात्रुहरूलाई ओभरटेक गर्दै गरेको ट्रकको पछाडिको पाङ्ग्राले किचेर दुवै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

मृत्यु हुनेहरूमा काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. ५ का कवि कुमार महर्जन र राजु महर्जन रहेका छन्। दुर्घटनापछि प्रहरीले माइक्रोबस, ट्रक र चालकहरूलाई नियन्त्रणमा लिएको छ । भने मृतकको शव पोस्टमार्टमको लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका राखिएको छ ।

Skip This
Skip This
Logo