राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । नेता महतोले उद्योगधन्दा स्थापनाका लागि आवश्यक वातावरण नबनाएपछि कसरी मुलुकको समृद्धि हुन्छ ? भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।
बुधबार १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बहुराष्ट्रिय कम्पनीहरु रातारात भाग्ने काम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी ऐन, कानुन र सुरक्षाको उचित प्रबन्ध गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए ।
सरकारले उद्योगधन्दाको विकास गरेर नेपाली श्रम शक्तिलाई स्वदेशमै काममा लगाउन सके मात्रै ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई सार्थक बनाउन सकिने नेता महतोको भनाई छ ।
नेता महतोले लाखौं युवाहरु श्रमको खोजीमा विदेशिदा पनि सरकारले देशमै रोजगारी हुने गरी उद्योगको विकासका लागि उचित वातावरण बनाउन नसकेको आरोप लगाए । उनले विदेशी लगानी भित्र्याएर मुलुकमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गरे ।





























प्रतिक्रिया