काम नगरे स्वास फेर्न त पाईदैन्, मजदुर दिवस मनाएर के खानु !

काम नगरे स्वास फेर्न त पाईदैन्, मजदुर दिवस मनाएर के खानु !

केन्द्रबिन्दु
0
Shares

मन्दिरा खत्री 

आज १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस । सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । श्रमिकहरुको हक अधिकार स्थापित भएको दिनका रुपमा हरेक वर्ष मे १ मा श्रमिक अर्थात मजदुर दिवस मनाईन्छ । नेपालमा १९६३ देखि अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो । आज ‘संसारका मजदुर एक हौं’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ ।

धादिङका हरि शेर्पा विगत ६ वर्ष देखि कलंकीमा बस्दै आएका छन् । उनी काम गर्ने शिलसिलामा २०४६ सालतिर धादिङबाट काठमाडौं हानिए । उनी सुरुदेखि नै मजदुरी काम गर्दै आएका छन् । मजदुरी गरेर नै उनले दुई बालबच्चा र श्रीमतीलाई पाल्दै आएका छन् ।

उनी दैनिक ज्याला मजदुरी गरेर ३/४ सय रुपैयाँ कमाउँछन् । मजदुरी गर्दा पनि सिजनको भर पर्नुपर्ने हुन्छ । दशैतिहार जस्ता चाडपर्वको बेला उनी जस्ता मजदुरले दिनकै २/३ हजारसम्म कमाउँछन् । उनी भन्छन्, ‘दशैं तिहार लगायत चाडपर्वको सिजनमा भारी बोकेर करिब २÷३ हजार कमाउँछौं । तर अरु बेला भने दैनिक ३/४ सय मात्र कमाइ हुन्छ । उनी थप्दै भन्छन्, भारी बोक्न निकै गाह्रो हन्छ, गह्रौ सामानहरु दिनभरी बोक्नुपर्छ ।’

साथै उनले सरकारप्रति गुनासो व्यक्त गर्दै भने, ‘सरकारले हामी जस्तो मजदुरको लागि केही गरेको छैन् । केही गरे त हुन्थ्यो नि ।’ त्यस्तै दोलखा घर भई हाल न्युरोडमा बस्दै आएका विष्णु अधिकारी पनि भारी दुई दशकदेखि भारी बोक्ने काम गर्दै आएका छन् । उनको परिवारमा ६ जना छन् । २ छोरा ३ छोरी र श्रीमती र उनी । उनको श्रीमती र छोरा छोरी भने गाउँमा खेतीपाती गरेर बसेका छन् । भारी बोकेर जीवन गुजारा हुन्छ त ? भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘भारी बोकेर मजदुरी काम गरेर खान लाउन नपुगे पनि पुर्याउनुपर्छ । पुगे पनि सन्तुष्टी र नपुगेपनि सन्तुष्टी ।’

उनी दैनिक भारी बोकर ४–५ सय सम्म कमाउने गर्दछन् । दिनभरी मजदुरी काम बेलुकी ७ बजे डेरामा पुग्ने गरेका छन् । उनी भन्छन्, ‘भारी बोक्न निकै गाह्रो हुन्छ, सजिलो कहाँ हुन्छ र । सरकारले हाम्रो लागि पनि राम्रो व्यवस्थित रोजगारको अवसर सृजना गरिदिए हामीलाई पनि काम गर्न सहज हुने थियो ।’

जम्बरे पाण्डे भोटेबाहालमा बस्छन् । उनको स्थायी घर भने दोलखा हो । उनी दैनिक मजदुरी काम आफ्नो जीवन गुजारा गर्दै आएका छन् । पाण्डे हरेक बिहानी भोटेबहालबाट निस्किन्छन् र ज्याला मजदुरी गरेर बेलुका ८ बजे आफ्नै डेरमा पुग्छन् । उनका श्रीमती र छोरा–छोरी दोलखामै बस्छन् । उनका ३ छोरी र २ छोरा छन् । जो विद्यालय जादैनन् । उनी भन्छन्, ‘मेरो बाल बच्चा विद्यालय जानै मान्दैनन् ।’

जम्बरेले दैनिक भारी बोकेर ४–५ सय सम्म कमाँउने गरेका छन् । जुन रकम उनले घरमा पनि पठाइरहेका छन् भने आफ्नो पनि जीवन गुजारा गरिरहेका छन् । साथै भविष्यमा गएर अर्कै काम गर्छु भनेर आफुले नसोचेको समेत उनले बताए । उनीहरुले मजदुर दिवसको भनेको के हो र ? कहिले मनाईन्छ ? भन्ने सम्मको जानकारी छैन् । उनीहरु भन्छन्, ‘हाम्रो लागि मे मजदुर दिवस दिनभर काम नगरे बेलुका पेटमा माम कसले दिन्छ ?’

अरु त अरु उनीहरुलाई ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने दिवा सपना जस्तै लाग्छ । जम्बरे भन्छन्, ‘के को आराम ? के को मनोरञ्जन ? भारी बोक्दा नै मनोरञ्जन गरिन्छ । कसैले दुई चार पैसा बढि दियो भने त्यसैमा रमाईन्छ । त्यसैलाई मनोरञ्जन मानिन्छ ।’

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन् । उनीहरु सरकारले निधारण गरेको सेवा सुविधा नलिइ आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । देशभर नीजि र सरकारी क्षेत्रमा ७० लाखभन्दा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन् ।

Skip This
Skip This
Logo