२३ अर्ब ७५ करोड रुपैयाँ विदेशबाट आफ्नो खातामा आएपछि…

२३ अर्ब ७५ करोड रुपैयाँ विदेशबाट आफ्नो खातामा आएपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको सबैभन्दा धनी विनोद चौधरीलाई मानिन्छ । उनी विश्वका अर्वपतिको सूचीमा पनि समावेश छन् । चौधरीसँगै अन्य नेपाली पनि अर्बपति छन् । सबैले आफ्नो पैसा बैंकमा नै राख्ने गर्छन् । थोरै भएपनि बैंकमा राख्नु सुरक्षित मानिन्छ । जो सँग धेरै पैसा हुन्छ उसले कुनै न कुनै क्षेत्रमा लगानी गरिहाल्छ । तर तपाईको खातामा कहिबाट एकाएक अर्बौ रुपैयाँ आयो भने के गर्नुहुन्छ ?

हो यस्तै भएको छ, त्यो पनि हाम्रै नेपालमा । ईसिमोडका जल तथा हावापानी बिज्ञ डा. सन्तोष नेपालको काठमाडौंस्थित नविल बैंकमा रहेको खातामा एकाएक २३ अर्ब ७५ करोड भन्दा बढी पैसा जम्मा भयो । आफ्नो खातामा विदेशबाट एकाएक २३ अर्ब ७५ करोड ९६ लाख ३३ हजार ७ सय ७६ रुपैयाँ जम्मा भएपछि उनी चकित परे ।

त्यसपछि उनी एकाएक नेपालका अर्बपति बन्न पुगे । त्यसपछि उनले सम्बन्धित बैंकमा सम्पर्क गरे । बैंकबाट आएको जवाफ सुनेर उनी झन अचम्ममा परे ।

उक्त रकम मेरो होईन पैसा फिर्ता लैजाउँ भन्दा डा. नेपाललाई बैंकले विदेशबाट तपाईको खातामा आएको पैसा तपाईकै हो भन्ने जवाफ दियो । तारन्तारको अनुरोधपछि उक्त रकम खाताबाट हटाएर अन्तै राखिएको हो ।

Skip This
Skip This
Logo