२७ प्रतिशत श्रमिक न्यूनतम पारिश्रमिक पाउँदैनन्

२७ प्रतिशत श्रमिक न्यूनतम पारिश्रमिक पाउँदैनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

२७ प्रतिशत श्रमिकले अझै पनि न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्य फेला परेको छ । नौ महिना अघि सरकारले त्रिपक्षीय (रोजगारदाता, श्रमिक र सरकारी निकाय) सहमतिमा लागू गरेको न्यूनतम पारिश्रमिक अहिलेको महँगीको तुलनामा निकै कम रहेको गुनासो व्याप्त रहेको बेला ठूलो संख्याका श्रमिकले नै न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्यांक फेला परेपछि समस्या समाधानमा चुनौती देखिएको छ ।

नेपाल ट्रेड युनियन महासंघले गरेको श्रम सर्वेक्षणमा २७.१२ प्रतिशत श्रमिकले न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्य फेला परेको अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनमा श्रमिकले अहिलेको बजार महँगी अनुसार प्रतिपरिवार कम्तीमा २२ हजार रुपैयाँ पारिश्रमिक आवश्यक रहेको तथ्य पाइएको थियो । तर नौ महिना अघि सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० पु¥याएको थियो । त्यसअघि श्रमिकले पाउने मासिक न्यूनतम पारिश्रमिक नौ हजार सात सय रुपैयाँ थियो ।

विगतको तुलनामा नौ महिना अघि वृद्धि गरिएको पारिश्रमिक केही आकर्षक भएपनि बजार महँगी अनुसार निकै कम हुँदा श्रमिकको दैनिकी जटिल भइरहेको छ । महासंघले एक वर्षभरि ५० भन्दा बढी श्रमिक कार्यरत ५९ उद्योग, प्रतिस्ठानलाई नमुना मानेर श्रम सर्वेक्षण गरेको श्रेष्ठले जानकारी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo