अर्थमन्त्री खतिवडा फिजी प्रस्थान, वनमन्त्री कतार

अर्थमन्त्री खतिवडा फिजी प्रस्थान, वनमन्त्री कतार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अर्थमन्त्री डा युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन गएराती फिजीतर्फ प्रस्थान गरेका छन् ।

आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने छन् । बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिड लगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन् । यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम छ ।

वनमन्त्री कतारमा

यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत एसियाको अपरेशन डाइलगमा सहभागि हुन कतार पुगेका छन् । ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने सिलसिलामा उनी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेश विक्रम शाही छन् । एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल गर्ने फोरम हो । कार्यक्रमको बुधबार (आज) कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उदघाटन गर्ने कार्यक्रम छ । फोरमलाई मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Skip This
Skip This
Logo