हुम्लामा अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो, रोग पहिचान अझै भएन

हुम्लामा अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो, रोग पहिचान अझै भएन

केन्द्रबिन्दु
0
Shares

हुम्ला

तीन सातादेखि हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । २ सय भन्दा बढी विरामी परेका छन् । अज्ञात रोगका कारण मंगलबार थप १ जनाको मृत्यु भएको हो । यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको छ । मंगलबार ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको हो ।

यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन् । ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन् । दमको रोग भएकी बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए ।

चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको ताँजाकोटमा आईतबार कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट चिकित्सकहरू डाक्टर केएन पौडेलको नेतृत्वमा टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मी औषधिसहित ताँजाकोट पुगेका थिए। मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रका डा. मनोज तिमिल्सिना पैदलमार्गबाटै आइतबार बिहान प्रभावित क्षेत्र पुगी टोलीले आइतबार दिनभरी मैला स्वास्थ्य चौकी मै स्वास्थ्य सिबिर संचालन गरी उपचार गरेका छन् । जहाँ १ सय ३८ बिरामीको चेकजाँच भएको अहेब जैशीले बताए।

मौसम परीवर्तनसंगै फैलिएको अज्ञातरोगले प्रभावित हुम्लाको ताँजाकोटमा रोग पहिचानका लागि सुर्खेत र मुगुबाट चार बिषेशज्ञ चिकित्सक सहितको टोली पुगेको छ ।

चिकित्सकले बिरामीमा देखिएको लक्षणका आधारमा इन्फ्लुएन्जा भन्ने रुघाखोकी होकी भन्ने शंका गरीएको भएपनि नमुना परीक्षण नहुँदासम्म कुन किसिमको रोग हो भन्ने यकिन गर्न अझै तीन दिन लाग्ने बताएका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo