वीरगन्जको पेन्ट गोदाममा भीषण आगलागी

वीरगन्जको पेन्ट गोदाममा भीषण आगलागी

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा रहेको पेन्ट र त्यसमा प्रयोग गरिने केमिकल्स (रसायन) गोदाममा भीषण आगलागी भएको छ । श्रीपुरस्थित ओम आश्रम नजिकै रहेको अजय वर्णवाल सन्चालक रहेको लक्ष्मीदीप इन्टर प्राइजेजको गोदाममा मङगलबार साँझ आगलागी भएको हो।

आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएका पेन्ट, पेन्ट बनाउन प्रयोग गरिने केमिकल, स्प्रिट र पेन्ट उत्पदान गर्ने मेसिन जलेर नष्ट भएका छन् ।

मंगलबार साँझ ६ बजे अचानक आगलागी सुरु भएको थियो । चार वारुण यन्त्रको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

आगो गोदामबाट छिमेकमा रहेको घरतर्फ सल्किएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । आगो नियन्त्रणमा लिन वीरगन्ज महानगरपालिकाका दुई, पोखरीया नगरपालिका र कलैया उपहानगरपालिकाका दुईसँगै ६ वटा वारुण यन्त्रको प्रयोग गरिएको थियो ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी नायव उपरीक्षक राईले भने, ‘आगोले गोदाम भित्रका पेन्ट र केमिकलको ड्रमका साथै मेसिन पनि जलेर नष्ट भएका छन् ।’ कति क्षति भयो त्यसको विवरण पनि आउन बाँकी छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo