जापानका सम्राट आकिहितोले २ सय वर्षपछि छाडे राजगद्दी

जापानका सम्राट आकिहितोले २ सय वर्षपछि छाडे राजगद्दी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । जापानका सम्राट अकिहितोले २ सय वर्षपछि आफ्नो राजगद्दी छाडेका छन्। राजधानी टोक्‍योमा आयोजित ऐतिहासिक समारोहमा अन्तिम पटक जनतालाई सम्बोधन गर्दै सम्राट अकिहितोले राजगद्दी छाडेका हुन।

जापानको शाही घरानाको २ सय वर्षको इतिहासमा राजगद्दी त्याग्‍ने यो पहिलो राजा हुन। राजगद्दी छाड्‍ने प्रक्रिया शाही महलमा कैयौ रीतिरिवाजका साथ सुरु भएको छ। ८५ वर्षीय सम्राटले आफ्‍नो गद्दी छाड्‍नको लागि कानुन बनाएरै स्वीकृति प्रदान गरेका थिए।

उनको आफ्नो बढ्‍दै गरेको उमेर र स्वास्थ्य अवस्थाको कारण आफूले ठीक अवस्थाबाट जिम्मेवारी निर्वाह गर्न नसक्‍ने बताएका थिए। सम्राट अकिहीतोका छोरा राजकुमार युवराज नारोहितो बुधवार उक्त राजगद्दीमा बस्‍नेछन्। जापानमा राजासँग कुनै पनि राजनीतिक शक्ति हुँदैन। तर उनी राष्ट्रको प्रतीकको रुपमा देखा पर्छन्।

Skip This
Skip This
Logo