सफलता, उमेरमा होईन मेहनतमा भर पर्छ । नेपाली जलपरी अर्थात गौरिका सिंह यसको गतिलो उदाहरण हुन् । उनी बल्ल १६ बर्षकी भइन् । कानून अनुसार उनी अझै बालिका नै छिन् । तर, उनको सफलता र चर्चा भने अप्रत्याशित ढंगले अघि बढेको छ ।
आजभन्दा ५ बर्ष अघिदेखि नै उनले सफलताको सिंढी चढ्न थालेकी हुन् । पौडीका फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र मेडली खेलाडी गौरिकाको चर्चा पछिल्लो समय ह्वात्तै बढेको छ ।
हालै सम्पन्न आठाँैं राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण पदक जितेपछि उनको चर्चाले शिखर चुमेको छ । प्रतियोगितामा उनले १२ वटा प्रतिस्पर्धामा भाग लिइन् । र, सबैमा स्वर्ण पदक जितिन् । पदकको हिसावले हेर्ने हो भने आठाँैं राष्ट्रिय खेलकुद प्रतियोगिताकै सबैभन्दा सफल खेलाडी बनेकी छिन् गौरिका ।































प्रतिक्रिया