रौतहट । रौतहटमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका मेयर नै सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता नेकपा प्रवेश गरेका हुन् ।
मेहतालाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंगलबार पार्टी प्रवेश गराएका छन् । ललितपुरको खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर मेहता नेकपामा प्रवेश गरेका हुन् ।
कांग्रेसका मेयर मेहतासँग राजपाबाट रौतहट ३ का उम्मेदवार ओमप्रकाश जयसवाल लगायतका नेता नेकपामा प्रवेश गरेका छन् । नेकपा प्रवेश गरेका जयसवालले राजपाले क्षेत्रियतावादी सोच त्याग्न नसकेका कारण आफू नेकपामा समाहित भएको बताएका छन् ।





























प्रतिक्रिया