नयाँ दिल्ली

भारतमा देशको तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत सोमबार नौ राज्यका ७१ संसदीय क्षेत्रमा मतदान भएको छ। "/>

भारत लोकसभा निर्वाचन : चौथो चरणको मतदानमा पश्चिम बंगालमा झडप

भारत लोकसभा निर्वाचन : चौथो चरणको मतदानमा पश्चिम बंगालमा झडप

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली

भारतमा देशको तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत सोमबार नौ राज्यका ७१ संसदीय क्षेत्रमा मतदान भएको छ। सोमबार भएको मतदानका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र क्षेत्रीय दलहरुको गठबन्धनबीच पश्चिम बंगाल राज्यमा झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

झडप भएपछि पश्चिम बंगाल भारतीय राजनीतिको मुख्य विषय बनेको छ । जनसंख्याको हिसाबले पनि महत्वपूर्ण मानिएको पश्चिम बंगालमा आसन्न निर्वाचनमा धेरैभन्दा धेरै सिट जित्ने लक्ष्य प्रधानमन्त्री मोदीले लिएका छन्। उनले उत्तरी राज्यमा आफ्नो दलले  गुमाउन सक्ने सिटलाई पश्चिम बंगालबाट मिलान गर्न खोजेको समेत भारतीय राजनीतिका जानकारहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

करिब ९० करोड मतदाता रहेको विशाल लोकतान्त्रिक अभ्यासका रूपमा लिइएको भारतको निर्वाचन विभिन्न सात चरणमा सम्पन्न हुँदैछ। अप्रिल ११ बाट सुरु भएको निर्वाचन मे १९ मा समापन हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

भारतको तल्लो सदन लोकसभामा कुल पाँच सय ४५ सिट रहेको छ। कुल सिटमध्ये पाँच सय ४३ सिटका लागि निर्वाचन हुनेछ भने बाँकी दुई सिटमा राष्ट्रपतिले मनोनित गर्ने प्रावधान रहेको छ।

एजेन्सी

Skip This
Skip This
Logo