नेपाल-चीनबीच भएका सात वटा सम्झौतामा हस्ताक्षर ( बुँदा सहित )

नेपाल-चीनबीच भएका सात वटा सम्झौतामा हस्ताक्षर ( बुँदा सहित )

केन्द्रबिन्दु
0
Shares

बेइजिङ

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सात वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार अपराह्न बेइजिङस्थित जनवृहद सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौता सम्पन्न भएको हो । सम्झौतामा हस्ताक्षर हुँदा दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी साक्षी बसेका छन् ।

सोमबार भएको सम्झौताहरुमा सबैभन्दा महत्वपूर्ण नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकल छ । १७ बुँदा रहेको सो प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन् ।

चार दशकदेखि छलफलमा रहेपनि नेपाल र चीनबीचमा यातायात तथा पारवहन प्रोटोकल बन्न सकेको थिएन । तीन वर्ष अगाडि प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीको पहिलो चीन भ्रमण गर्दा नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता भएपनि यसलाई कार्यान्वयन गर्नका लागि प्रोटोकल अनिवार्य रहेकाले दुई देशका अधिकारीहरु प्रोटोकल बनाउन जुटेका थिए ।

चीन भ्रमणपछि केपी ओली प्रधानमन्त्रीबाट हटेपछि प्रोटोकल निमार्णको काम पनि सुस्ताएको थियो । फेरि केपी ओली प्रधानमन्त्री बनेपछि प्रोटोकल निर्माणले गति लिएको हो। गतवर्ष उनको दोस्रो भ्रमणका समयमा प्रोटोकलमा हस्ताक्षर हुने चर्चा चले पनि प्रोटोकलले मूर्त रुप लिइनसकेकाले हस्ताक्षर हुन सकेको थिएन ।

क्र.सं.       सम्झौता                                           नेपाली हस्ताक्षर                       चिनियाँ हस्ताक्षर

१    यातायात तथा पारवहन सम्झौताको प्रोटोकल         प्रदीपकुमार ज्ञवाली                     ली सियाओफङ
२    चिनियाँ सहयोग सम्बन्धी सम्झौता                       प्रदीपकुमार ज्ञवाली                     चोङ शान
३    नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग    लालशंकर घिमिरे                      वाङ सिआयोथावो
४    हिमाली क्षेत्रमा जनजीवन सुधार सहयोग                लालशंकर घिमिरे                      वाङ सिआयोथावो
५    भन्सार व्यवस्थामा आपसी सहयोग                      लालशंकर घिमिरे                      हौ यान्छी
६    नापतौल तथा गुणस्तर क्षेत्रमा आपसी सहयोग         लीलामणि पौड्याल                     हौ यान्छी
७    सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रण   लीलामणि पौड्याल                    लिउ युचु

नागरिकबाट

Skip This
Skip This
Logo