दिपेन्द्र टी-२० अलराउन्डर वरियताको छैटौँ स्थानमा

दिपेन्द्र टी-२० अलराउन्डर वरियताको छैटौँ स्थानमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन्।

आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन्। दिपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरीयतामा सुधार भएको हो।

टी-२० को अलराउन्डर वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन्। उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शिर्ष स्थानमा उक्लिएका हुन्। त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन्। यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन्।

त्यस्तै यस अघि शीर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन्। त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन्। दिपेन्द्रपछि भारतका हार्दिक पाण्डेय सातौं स्थानमा रहेका छन्।

Skip This
Skip This
Logo