दूधको रकम भुक्तानी गर्न माग

दूधको रकम भुक्तानी गर्न माग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन्। आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन्।

सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रिनुपरेको बताए। उनका अनुसार देशभरका किसानले दूध बिक्रिवापत् झण्डै सात अर्ब भुक्तानी पाउन बाँकी छ। दुग्ध विकास संस्थानबाट मात्र दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ।

संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्रि नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताए।

“किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेका छौँ, दुई महिनाभित्र किसानको समस्या समाधान हुन्छ,” उनले भने। दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको छ।

Skip This
Skip This
Logo