चितवन । चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन्।
बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए।
उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए। गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताए।
गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालयहुँदै मलेशियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो। तर, औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन।































प्रतिक्रिया