एजेन्सी । श्रीलंकामा गत साताको आइतबार भएको आत्मघाती हमलापछि त्यहाँको सरकारले अनुहार छोपेर हिँड्न प्रतिबन्ध लगाएको छ । यो नियम सोमबारदेखि कडा रूपमा लागू गरिने राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जनाएका छन्।
राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै अब मान्छेको अनुहार छोपिने कुनै किसिमका कपडा लगाउन पाइने छैन। मुश्लिम सुमदायका महिलाले लगाउने बुर्का वा हिजाबबारे नामै तोकेर भने उनले केही भनेका छैनन्। तर श्रीलंका सरकारको यो नियमले त्यसलाई छुट्टै राख्छ भन्ने छैन।
श्रीलंकाको दुई करोड दस लाख जनसंख्यामध्ये मुश्लिमहरू दस प्रतिशतभन्दा कम छन्। यसमा पनि एकदमै कम महिलाले मात्र बुर्का वा हिजाब लगाउने गरेको अनुमान छ।
गत आइतबार श्रीलंकाका होटल तथा चर्चहरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २५० भन्दा बढीको ज्यान गएको थियो। उक्त आक्रमणको अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले जिम्मा लिएको थियो।































प्रतिक्रिया