रुसी राष्ट्रपति पुटिनलाई उत्तर कोरियाको उच्च सम्मान

रुसी राष्ट्रपति पुटिनलाई उत्तर कोरियाको उच्च सम्मान

केन्द्रबिन्दु
12
Shares

प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राज्यतहको उच्च सम्मान ‘किम इल सुङ अर्डर’बाट सम्मानित भएका छन्।

उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रुपमा पुटिनलाई राज्यतहको यो सम्मान दिने निर्णय गरेका थिए।

रुस र युक्रेनबीचको युध्द जारी रहेका बेला २४ वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ आएका रुसी राष्ट्रपति पुटिन सम्मानित भएका हुन्। उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले जनाए अनुसार, किमले ‘दुई देश बीचको सम्बन्धको विकासमा विशेष योगदान पुर्याउने हाम्रो सरकार र जनताको असीम सम्मान र विश्वासको प्रतीकको रूपमा पुटिनलाई सम्मानित गरिएको हो,’ भनेका छन्।

समारोहमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ, प्रथम उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक, राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभ, राष्ट्रपतिका सहयोगी युरी उशाकोभ, रक्षामन्त्री एन्ड्रे बेलोसोभ र उत्तर कोरियाका लागि रुसी राजदूत अलेक्जेन्डर मात्सेगोरा पनि सम्मान समारोहमा सहभागी थिए।

‘किम इल सुङ अर्डर’ १९७२ मा उत्तर कोरियाका संस्थापक नेताको सम्मानमा स्थापत गरिएको थियो। यसले किम इल सुङको पोट्राटसँग पाँच–पोइन्टेड तारा प्रतिनिधित्व गर्दछ।

पुटिनले मंगलबार र बुधबार प्योङयाङको राजकीय भ्रमण गरेका थिए। किमले पुटिनलाई सेप्टेम्बर २०२३ मा रूसको भ्रमण गर्दा उत्तर कोरिया भ्रमण गर्न निम्तो दिएका थिए।

उत्तर कोरियाली नेता किम जोङ उनसँग पुटिनको वार्ताले व्यापक रणनीतिक साझेदारीको लागि एक सन्धि र चिकित्सा, चिकित्सा शिक्षा र विज्ञानका क्षेत्रमा सहयोग गर्ने सम्झौता भएको छ। साथै दुई देशको सीमामा रहेको तुम्नाया नदीमा मोटर पुल निर्माण गर्ने सम्झौता पनि भएको छ।

Skip This
Skip This
Logo