अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

केन्द्रबिन्दु
21
Shares

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ। अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।

डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए। यहाँ पहिरो रोकथामका लागि सङ्घीय सरकारको रु १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए।

पैसठ्ठी किलोमिटर रहेको यस सडकमा साना–ठूला सवारीसाधन सञ्चालन हुँदै आएको छ। मनाङवासी यस सडकखण्डहुँदै बेँसीसहर, काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन्।

Skip This
Skip This
Logo