काठमाडौं । गुगल ब्वाईका नामले परिचित छन्, ६ वर्षका आदित्य दाहाल । उनलाई संसारभरको ज्ञान छ भनिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनमा अद्भूत ज्ञान भएको दाबी गर्दै आएका छन् । यस्तो दाबी गर्ने प्रधानमन्त्री एक्ला छैनन्, उनको दाबी साथ दिएका छन्, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा ।
उनीहरुले पनि प्रधानमन्त्रीले जस्तै आदित्यमा अद्भूत ज्ञान भएको दाबी गर्छन् । तीन जना शीर्ष नेताको आदित्यको ज्ञानले विज्ञानलाई नै चुनौती दिएको दाबी छ ।
उनीहरुमा होईन् उनलाई भेट्ने सबैजसो चमत्कारी बालक स्वीकार गर्छन् । उनी विशेष दिमागी क्षमतामा बालक मानिन्छ । धेरैजसोले उनलाई भगवान नै मान्ने गरेका छन् । डाक्टरहरुले पनि उनको बारेमा नयाँ कुरा पत्ता लगाउन सकिरहेको छैन् । तर मनोविद्हरुले भने उनी भगवान नभई मनोरोगी भएको दाबी गरेका छन् ।
मनोविद् गोपाल ढकाल उनी कुनै भगवान नभई जेनेटिक रोगी भएको बताए । जन्मजात नै बंशाणु सम्बन्धी समस्याका कारण यस्ता मानिसहरु विशेष खालका हुने उनको तर्क छ । यस्ता जेनेटिक समस्यालाई विश्व स्वास्थ्य संगठनले पनि रोग नभई अवस्थाको सूचीमा राखेको भन्दै उनी भगवान नभएको दाबी गरे । थप भिडियोमाः































प्रतिक्रिया