एक्सरे गर्न जेनेरेटर बोक्छन् बिरामी र गाउँले

एक्सरे गर्न जेनेरेटर बोक्छन् बिरामी र गाउँले

केन्द्रबिन्दु
0
Shares

डोल्पा

उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् ।

बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन् ।

छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए । उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुप¥यो ।’

अधिकांश बिरामीले भाडामा जेनेरेटर लिएर एक्सरे गराउने गरेको लामो समय हुँदा पनि अस्पताल व्यवस्थापन समितिले यसतर्फ ध्यान नदिएको काइकेका भीम बुढाले बताए । पाँच सयदेखि एक हजारसम्म भाडा तिरेर एक्सरेका लागि जेनेरेटर ल्याउने गरेका छन् गाउँलेहरुले । बिरामीका आफन्तले जेनेरेटर ल्याउने गरेको एक्सरेका कर्मचारी लालकृष्ण बुढा बताउँछन् । सोलार बत्तीको पावरले नपुग्दा बिरामी आफैंले विद्युतको व्यवस्थापन गर्नुपरेको बुढाको भनाइ छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo