काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा व्यवसायीक जीवनमा प्रवेश गरेका छन् । उनले राजधानी काठमाडौंको मीनभवन चोकमा ‘रिमठिम रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका हुन् ।
सांसद लामासहित ५ जना विद्यार्थी युवा नेतृहरुको समुहले रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेस्टुरेन्टमा आरती लामा, कल्पना वाइबा, आश्मा क्षेत्री र अवानी पौडेलको लगानी रहेको छ । रेस्टुरेन्टको उद्घाटन कार्यक्रममा नेकपाका शीर्ष नेतादेखि कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
रेष्टुरेन्टमा नेपालको मौलिक परिकारलाई प्राथमिकतामा राखिएको सांसद लामाले बताईन् । उनले रेष्टुरेन्टमा कोदो, मार्सी चामल, फापर, अर्गानिक कफी, जुस, मकै लगायतका स्थानीय उत्पादनबाट बन्ने परिकार उपलब्ध हुने जानकारी दिइन् ।
स्थानीय उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको आफ्नो मौलिकता, परम्परागत, धार्मिक, संस्कृति लगायतका कुराहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त रेष्टुरेन्ट संचालनमा ल्याएको उनले बताईन् ।































प्रतिक्रिया