कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आईतबार जिल्ला अध्यक्ष र सचिवहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। सपथ ग्रहण कार्यक्रममा ३ जिल्लाका सचिव अनुपस्थित थिए । तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका व्यक्तिहरुलाई सचिवमा घटुवा भएपछि उनीहरु असन्तुष्टि जनाउँदै नआएका हुन्।
डडेल्धुराका सचिव डा. तारादत्त जोशी, बझाङ सचिव दिलबहादूर सिहं र दार्चुला सचिव रामदत्त जोशी सपथ ग्रहणमा अनुपस्थित भएका हुन् । उनीहरुमध्ये डडेल्धुराका सचिव जोशी धनगढीमै भएपनि सपथ ग्रहणमा सहभागी नभएका हुन् । बझाङ सिहंले आफु सचिव पदमा नबस्ने यसअघि नै बताइसकेका थिए।
सुदूरपश्चिममा पूर्व एमालेले ५ अध्यक्ष, ४ सचिव र पूर्वमाओवादीले ४ अध्यक्ष तथा ५ सचिव पाएको थियो। सपथ ग्रहणपछि कञ्चनपुरका सचिव तारालामा तामाङले पार्टीनै सबै कुरा भएकाले पार्टीले जहाँ खटायो त्यही बाटो जाने प्रतिक्रिया दिए । आफ्नो सन्तुष्टिलाई भन्दा पनि पार्टीले दिएको कामलाई महत्वपूर्ण ठानेको बताए । सपथ ग्रहण कार्यक्रममा सुदूरपश्चि प्रदेशका प्रदेश मन्त्री, सभासद तथा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो।































प्रतिक्रिया