काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता र प्रेस मैत्री कानुन निर्माण गर्न माग गर्दै शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको छ । महासंघले आईतबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको हो ।
महासंघले आईतबार बिहान ललितपुरको खुमलटारस्थित दाहाल निवास पुगी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति सहितको व्यवस्था गरि कानुन निर्माण गर्न माग गर्दै १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
कांग्रेस सभापति देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरे । सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी गरे ।































प्रतिक्रिया