टी-२० विश्वकपमा आज दुई खेल

टी-२० विश्वकपमा आज दुई खेल

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन्।

आज सुपर आठको समूह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच भइरहेको छ। बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदखि शुरू भएको हो।

सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेको छ। अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो। सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ। टी-२० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुदै छन्।

त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुँदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुने छ।

सुपर आठमा भारतले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ। भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। त्यस्तै बंगलादेशले भने पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको छ। भारतले यो खेलमा जित हासिल गरेमा सेमिफाइनलको सम्भावना लगभग निश्चित हुने छ भने बंगलादेशल यो खेलमा हार बेहोरेमा सेमिफाइनलको सम्भावना कठिन हुने छ।

बंगलादेश र भारतबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन्। जसमा भारतले १२ खेल जितेको छ भने बंगलादेशले एक खेल जितेको छ।

Skip This
Skip This
Logo