पालिकाको प्रशासनिक भवन निर्माण

पालिकाको प्रशासनिक भवन निर्माण

केन्द्रबिन्दु
15
Shares

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन रु दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ।

निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो। तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो। हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन्।

Skip This
Skip This
Logo