भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस

भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । किलीयन एम्बाप्पेले आफ्नो पूर्व क्लब पिएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन्।

मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफूले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पिएसजीलाई कानुनी नोटिस पठाएका हुन्।

फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो। एम्बाप्पे र क्लबबीच गत वर्ष फ्री ट्रान्सफरमा क्लब छोडेमा उनले केही पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ। तर, एम्बाप्पेले अहिले भने सो रकम आफूले पाउनुपर्ने दाबी गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ।

यस अघि एम्बाप्पे र पिएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइएपनि अहिलेसम्म नमिलेको देखिएको छ।

हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ। उनले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गएपनि साइनिङ रकमको रुपमा सय मिलियन डलरभन्दा बढी रकम लिएको बताइएको छ।

Skip This
Skip This
Logo