जेट एयरवेजका एक कर्मचारीले गरे आत्महत्या

जेट एयरवेजका एक कर्मचारीले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतीय जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । वित्तीय संकटमा गुज्रिरहेको जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी गत मार्चदेखि पेटको क्यान्सरबाट पीडित थिए । जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् । रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

चार महिनायता स्वास्थ्य जटिल बनेपछि शैलेषलाई अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार उनलाई अस्पतालबाट घरमा ल्याइएको थियो । त्यसैदिन उनले घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । जेट एयरवेजका धेरै कर्मचारीले वित्तीय संकट सुरु भएपछि तनाव भइरहेको बताएका छन् ।

Skip This
Skip This
Logo