काठमाडौं
एक सातादेखि मध्य तथा पश्चिम तराईका जिल्लामा गर्मी बढेसँगै ‘लु’ (तातो हावा) चल्न थालेको छ । मध्य तराईका जनकपुर, बारा, पर्सा, पश्चिम तराईका बाँके, रूपन्देही, कैलाली लगायत जिल्ला गर्मीसँगै तातो हावा चल्न सुरु गरेको हो । गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ । दिउँसो ‘लु’ चल्नाले गर्मीमा हिँडडुल गर्न र खुला आकाशमुनि काम गर्न समस्या भएको स्थानीयले बताएका छन् ।
नेपालगन्जको तापक्रम साताको पहिलो दिनदेखि नै बढेको छ । साताको पहिलो र दोस्रो दिन ८ र ९ गते ३७ दशमलव ६ डिग्री रहेको अधिकतम तापक्रम बढेर चौथो दिन ३९ दशमलव ५ डिग्री सेल्सियस हुँदै छैटौं दिन ४१ डिग्री सेल्यियससम्म पुगेको छ । यो क्रम बढ्दै साताको अन्तिम दिन शनिबार तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी फिल्ड कार्यालय नेपालगन्ज राँझाका फिल्ड इन्चार्ज अखिलेशप्रसाद चौरसियाले जानकारी दिए ।
नेपालगन्ज भौगोलिक हिसाबले समुन्द्री सतहदेखि १ सय ५८ मिटर उचाइमा रहेको छ । यहाँको तापक्रम विगत चार/पाँच वर्षको अन्तरालमा फेरबदल हुँदै आएको छ । सन् २०१३ मा नेपालगन्जको अधिकत तापक्रम ४१ डिग्री सेल्सियस र २०१४ मा ४१ दशमलव ८ डिग्री सेल्सियस कायम रहेको फिल्ड इन्चार्ज चौरसियाले जानकारी दिए।
नागरिकबाट





























प्रतिक्रिया