युरोपियन फुटबल महासंघ (युएइएफए)ले पीएसजीका स्टार खेलाडी नेइमारलाई तीन खेलमा प्रतिबन्ध लगाएको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।
नेइमारले सामाजिक सञ्जालमा रेफ्रीको निर्णयविरुद्ध आपत्तिजनक प्रतिक्रिया लेखेको भन्दैकारबाही गरिएको हो । फुटबल नबुझेको रेफ्रीले अनावश्यक पेनाल्टी दिने निर्णय गरेको भन्दै नेइमार रेफ्रीविरुद्ध खनिएका थिए ।
प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी, लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ ।































प्रतिक्रिया