खुलामञ्च अतिक्रमण : सात दिनभित्र संरचना हटाउन अल्टिमेटम

खुलामञ्च अतिक्रमण : सात दिनभित्र संरचना हटाउन अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
टुँडिखेल अतिक्रमणमा परेको छ । नेपाली सेनादेखि अस्थायी बसपार्क सार्ने नाममा टुँडिखेल अतिक्रमण भइरहेको छ । टुँडिखेल अन्तर्गतको खुलामञ्चको १३ रोपनी जग्गा कब्जा भएको छ । त्यहाँ ५२ वटा सटर बनाइएको छ । २९ तलले भ्यु टावर निर्माण गर्न खुलामञ्च पुरानो बसपार्क सारिएको थियो ।

काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २०७३ साउन ३० गते कार्यादेशमार्फत निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न लिएका थिए ।

महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा निर्माणको मात्रै सम्झौता भएको थियो तर निर्माण कम्पनीले सटर बनाएर भाडा लगाउन थालेको छ। यसबापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख बुझाउने सहमति भएको हो।

२०७६ साउन ३० गते सम्झौता अवधि सकिँदैछ । तर भ्यु टावरको निर्माण कार्य सुस्त भएको बसपार्क सर्ने सम्भावना छैन । अस्थायी रूपमा दिएको यो जग्गामा राखिएको बसपार्कको पिच गर्न थालिएको छ । सेनाले ठूलाठूला भौतिक संरचना बनाएर टुँडिखेलको जग्गा कब्जा गरिसकेको छ । उता धरहरा निर्माणका सामग्री पनि टुँडिखेलमै राखिएको छ।

सेना र माफियाले टुँडिखेलको जग्गा कब्जा गरेर संरचना बनाउँदा पनि महानगरपालिका मौन छ । सम्पदाप्रेमी र स्थानीयले विरोध जनाएपछि मात्रै महानगरपालिका ब्युँतिएको छ । शुक्रबार मात्रै महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन जिम्मेवारी दिइएको छ । उनलाई जिम्मेवारी दिने विषयमा समेत महानगरमा भाँडभैलो भएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo