काठमाडौं । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)ले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
सोमबार भक्तपुरको गुन्डूमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय १ जना बिरामीको उपचार गरिएको हो।
केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार हिमाल एकेडेमीको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३७ जनाको ईसीजी, ५९ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको हो। यस्तै, ५५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ।
सांसद शर्माले नेतृत्व सम्हालेपछि केएमसी देशका विभिन्न जिल्लामा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिरहेको छ।































प्रतिक्रिया