अमेरिकासँग सम्झौतापछि जुलियन असान्ज रिहा

अमेरिकासँग सम्झौतापछि जुलियन असान्ज रिहा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन्। अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा भएका हुन्।

५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो।

जुलियन असान्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए। बिबिसीका अनुसार अब असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन्। अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन्।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ, ‘जुलियन असान्ज स्वतन्त्र भएका छन्।’

१९०१ दिनको कारावास पछि उनी बेलायतको बेलमार्श जेलबाट बाहिर निस्कएका थिए। उनले लन्डन उच्च अदालतबाट जमानत पाए र बेलायत छोडेको स्टान्स्टेड एयरपोर्टमा रिहा भएका थिए।

विकिलिक्सका अनुसार जुलियन असान्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो। यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन।

जुलियन असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन्। उनीहरूले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन।

Skip This
Skip This
Logo