कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिट खारेज गरेको हो।
गत वैशाख २७ गते मुख्यमन्त्री कार्कीलाई कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन माग गर्दै सर्वोच्चमा कार्कीले दायर गरेको रिट खारेज भएको हो। योसँगै प्रदेश सरकार जोगिएको छ ।





























प्रतिक्रिया