मट्टितेल छर्केर आगो लगाइएकी युवतीको अवस्था गम्भीर

मट्टितेल छर्केर आगो लगाइएकी युवतीको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

सिरहामा एक युवती आफ्नै श्रीमान् र सासुको सिकारमा परेकी छन् ।

सिरहा नगरपालिका-८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् । जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे। तर, अस्पतालले उपचार सम्भव नहुने बताएपछि उनलाई राति नै काठमाडाैं ल्याइएकाे छ । कन्चनकाे शरीरकाे ७५ प्रतिशत भाग जलेकाले अवस्था गम्भीर रहेको छ।

उनकाे अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेकाे छ।  श्रीमतीलाई जिउँदै आगो लगाउने पति बेचन मण्डल अहिले फरार छन् भने कन्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि गत बैसाख ५ गते धनुषाको शहिदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पनि श्रीमान मुकेश यादव गोइतले मट्टितेल छर्केर आगो लगाएका थिए ।

Skip This
Skip This
Logo