खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षक सेवा आयोग पास गरी नियुक्ति पाएका शिक्षकहरु अस्वीकार गरेको छ । नगरपालिकाको शिक्षा समितिको बैठकले जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमार्फत नियुक्ति पाएका शिक्षकलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
शिक्षक सेवा आयोग उत्तीर्ण गरेका शिक्षकलाई शिक्षा समन्वय इकाईको कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको भन्दै नगरपालिकाले अस्वीकार गर्ने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले जानकारी दिए । बैठकमा शिक्षा समन्वय इकाईको कार्यालयले पठाएका शिक्षकलाई हाजिर नगराउने तथा हाजिर भइसकेका शिक्षकलाई तलब नदिने निर्णय गरेको मेयर राईले बताए ।
जिल्ला शिक्षा समन्वय इकाईले आफुखुशी निर्णय गरेर शिक्षकहरु पठाएको भन्दै उक्त नियुक्त बदर गरिएको मेयर राईको भनाई छ । आफुहरुसँग समन्वय नै नगरी राजनीतिक पहुचको आधारमा शिक्षक नियुक्त गरिएको भन्दै अब शिक्षक सेवा आयोगबाट पास भएका आएका शिक्षकहरुलाई नगरपालिकाले नै परिचालन गर्ने मेयर राईले बताए ।
‘अहिलेको अवस्थामा शिक्षकहरु खटाईयो भने केही स्थानका विद्यालयहरु शिक्षकको अभावमा बन्द हुने अवस्थामा पुगे । एकातिर विद्यार्थी भर्ना अभियान चलिरहेको छ । अर्कोतिर विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्नुपर्ने अवस्था छ । तर जिल्ला शिक्षा समन्वय इकाईले आफुखुशी शिक्षक खटायो । जसले गर्दा कहि शिक्षकको अभावमा विद्यालय बन्द हुने अवस्था भयो । कहि भने शिक्षकहरु बढी भए । यस्तो अवस्थामा हामीले उक्त नियुक्ति बदर गरेका हौं’ मेयर राईले भने ।





























प्रतिक्रिया