रविलाई आफ्नै छवि जोगाउन धौँ धौँ

रविलाई आफ्नै छवि जोगाउन धौँ धौँ

केटो
93
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो दोस्रो वर्ष दिन मनाएको केही दिनमात्रै बितेको छ। रास्वपाले दोस्रो वर्षदिन मनाउँदै गर्दा सुरूआतीका दिनहरूमा जस्तो समर्थकको भीडभाड कमै देखियो। त्यहाँ देखिए त केवल सभापति रवि लामिछानेले जसलाई खोइरो खन्दै चुनाव जितेका पुरानै अनुहारहरू अर्थात् देउवा, ओली, प्रचण्ड, भट्टराईका अनुहारहरू।

संयोगपनि सभापति रविलाई यस्तो पर्यो की उनकै भाषालाई सापटी लिएर भन्नुपर्दा ‘नाकको डाँडी टुँडिखेलमा राखेर भाच्नुपर्ने’सँगै मिलेर जानुपर्ने। हुन् त रविले सत्ताको स्वाद राम्ररी चाखेरै होला दोस्रो पटकपनि उनीहरूसँगै ‘लंगोटिया यार’ बन्नु परेको। पहिलो पटक राहदानी काण्डमा जनताको मनबाट केही साख गिराउन सफल भएका रवि उपनिर्वाचनमार्फत झन् सशक्त बनेर आए। उनले पहिलाको मतभन्दा राम्रै मत ल्याए। फेरि संसद छिरेका रविले केही समयमा नै सत्तामा बसेर आफ्नो पहिलाकै पावरमा फर्किए। अहिलेपनि त्यहीँ पावरमा रहेका रविलाई पछिल्ला समय आफ्नै छवि जोगाउन धौँ-धौँ परिरहेको छ।

रवि अहिले सहकारी काण्डको भारी बोकिरहेका छन् भने नागरिकता काण्ड अझै बाँकी रहेको छ।

समानुपातिक माध्यमबाट संसद छिरेका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले घुष अडियो काण्डमा प्रमाणित नहुँदै रवि आफैँले लखेटे। त्यसपछि उनी आफैँ राहदानी काण्डका सिकार बने। रवि अहिले सहकारी काण्डको भारी बोकिरहेका छन् भने नागरिकता काण्ड अझै बाँकी रहेको छ।

उपनिर्वाचनमा इलाम-२बाट बल्ढ्याङ् खाएका रविले पार्टी सुधार्ने भन्दै महामन्त्री मुकुल ढकाललाई देश दौडाहामा पठाएभने आफू सिंहदरबार र बालुवाटारको हावा खानमा व्यस्त रहे।

पार्टी सुरू गरेको केही समयमै उनकै केन्द्रीय सदस्य गणेश कार्कीमार्फत अहिलेसम्मपनि आलोचना खेपिरहेका रवि पहिलो उपनिर्वाचनमा पार्टीमा भित्र्याएर चुनावको टिकट दिएका पूर्वप्रहरी अधिकृत रमेश खरेलले पनि उनको साथ छाडे। पछिल्लो उपनिर्वाचनमा इलाम-२बाट बल्ढ्याङ् खाएका रविले पार्टी सुधार्ने भन्दै महामन्त्री मुकुल ढकाललाई देश दौडाहामा पठाएभने आफू सिंहदरबार र बालुवाटारको हावा खानमा व्यस्त रहे।

डराएरै भएपनि महामन्त्री ढकालले ल्याएको प्रतिवेदनमा रास्वपाको पछिल्लो अवस्था देशबाट खस्किदैं गइरहेको भन्ने प्रस्ट बुझ्न सकिन्छ।

उनै मुकुल ढकालले केही दिन लगाएर देश दौडाहा गरेर ल्याएको प्रतिवेदनले यतिबेला पार्टीभित्र मात्रै नभएर राजनीतिक वृतमा पनि रविको छविलाई ल्याएर अनेकन टीकाटिप्पणी भइरहेका छन्। डराएरै भएपनि महामन्त्री ढकालले ल्याएको प्रतिवेदनमा रास्वपाको पछिल्लो अवस्था देशबाट खस्किदैं गइरहेको भन्ने प्रस्ट बुझ्न सकिन्छ। ढकालले आफ्ना सभापति रविलाई बुझाएको प्रतिवेदन सार्वजनिक नभएपनि प्रतिवेदन बुझाएको पत्रमा केही कुरा खुलाएका छन् जसका कारण यतिबेला चर्चा चुलिएको छ।

उनले पत्रमा भनेका छन्, ‘समीक्षा यात्राको प्रतिवेदन यसै पत्रसाथ सभापति ज्यूसमक्ष पेश गर्दछु। यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुका साथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने मेरो विश्वास रहेको छ। त्यसैले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। यसलाई तपाईंमा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पुर्‍याइदिनुहुन हार्दिक अनुरोध समेत गर्दछु।’

‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ। मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ सो पत्रमा उनले उल्लेख गरेका छन्।

Skip This
Skip This
Logo